कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

डिसी नेपाल
१९ कार्तिक २०७९ १७:४१

काठमाडौं । निर्वाचन आयोगले एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीसँग स्पष्टिकरण सोधेको हो ।

शुक्रबार वलीले विद्यार्थीसँग भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले सोधेको स्पष्टीकरणमा किन विद्यार्थीसँग भोट मागिएको हो ? यसरी भोट माग्न कुन ऐनले सुविधा दिन्छ ? भन्ने प्रश्न गरिएको छ ।

उनलाई आफैँ वा आफ्नो प्रतिनिधिमार्फत २४ घण्टाभित्र आयोगको कार्यालय वा आयोगमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *