निर्वाचनको चक्र कहिल्यै नटुटोस् : गगन थापा {भिडियोसहित}

डिसी नेपाल
४ मंसिर २०७९ ९:३१

काठमाडौं।  नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सांसद भएपछि पार्टीभित्र संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् । काठमाडौंको मैतिदेवीमा मतदान पछि प्रतिक्रिया दिदैं थापाले अहिलेको मत परिणामले सांसदमात्रै दिने नभएर नेपाललाई कसले हाक्ने भन्ने निर्धारण समेत गर्ने र त्यसको तयारी आफुले गर्ने बताएका हुन्।

उनले संसदीय व्यवस्थाभित्र ठूलो परिवर्तन ल्याउनका लागि मुलधारका राजनीतिक दलहरुलाई पनि परिवर्तन गर्नुपर्ने जिकिर गर्नुभयो । निर्वाचनपछि आउने सरकारले दिनरात नभनी काम गरे अप्ठरो नहुने तर बिगतकै निरन्तरतालाई कायमै गरे समस्या आउन सक्ने उनले बताएका छन् ।

उनले जनताको परिवर्तनको आकांक्षालाई पुरा गर्नका लागि गरेका प्रतिवद्धतालाई कार्यान्वयन गर्ने धारणा राखेका छन् ।

भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *