पावर सेयरिङमा कांग्रेस मोडल : २०७४ मा एमालेकै जस्तो

डिसी नेपाल
४ पुष २०७९ ८:४७

काठमाडौं। नयाँ सरकार गठनको समय नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले पावर सेयरिङमा नयाँ मोडल अघि सारेको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा २०७४ सालमा एमाले र माओवादी गठबन्धनका समयमा एमालेले अपनाएको मोडललाई नै अपनाउने पक्षमा देखिएका छन् ।

देउवाले अहिले पनि सरकार गठनका बेला पहिलो कार्यकाल आफंै प्रधानमन्त्री बन्ने र राष्ट्रपति पनि कांग्रेसकै कोटाबाट हुनुपर्ने प्रस्ताव अघि सारेका छन् । आधाआधा कार्यकाल प्रधानमन्त्री हुने अवस्था आएमा पहिलो कार्यकाल आफैं प्रधानमन्त्री हुने र दोस्रो कार्यकालमा माओवादी अध्यक्ष प्रचण्डलाई इमानदारीतापूर्वक सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता देउवाले प्रचण्डसमक्ष राखेको बताइएको छ ।

पछिल्ला दिनमा देउवा र प्रचण्डबीच नियमितजसो नै फोनमा तथा प्रत्यक्ष भेटघाट गरेरै सत्ता समीकरण र पावर सेयरिङमा छलफल हँुदै आइरहेको छ । शनिबार पनि सोही विषयमा देउवा र प्रचण्डबीच छलफल भएको थियो । शनिबारको छलफलमा प्रचण्डले पहिलो चरणमा आपूmलाई प्रधानमन्त्री बनाउनुपर्ने पुरानै प्रस्ताव दोहो-याएका छन् तर देउवाले भने सो विषयमा सहमति जनाएनन् ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले घुमाउरो पारामा प्रचण्डलाई दोस्रो कार्यकालमा प्रधानमन्त्री हुन आग्रह गरेको बुझिएको छ । तर, प्रचण्डले भने पहिलो कार्यकालमा नै आफैंलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै देउवालाई सहयोग गर्न आग्रह गरेका थिए । यो विषयमा दुई नेताबीच सहमति जुट्न सकेको छैन ।

कांग्रेसले पावर सेयरिङमा २०७४ मा माओवादीेले लिएकै पद लिनुपर्ने र त्यसो गरिएमा सत्तागठबन्धन पाँच वर्षसम्म सहजै टिक्ने बताउन थालेको छ । जसअनुसार प्रधानमन्त्री पद पहिलो कार्यकाल कांग्रेसलाई र दोसो कार्यकाल मओवादी केन्द्रले पाउनेछ भने राष्टपति पद पनि कांग्रेसले नै पाउनेछ । उता सभामुख भने माओवादी केन्द्रको भागमा पर्न सक्ने देखिएको छ ।

कांग्रेसको जोडबल यसैमा छ । २०७४ सालको आमनिर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले माओवादी केन्द्रसँग देशव्यापी गठबन्धन गरेको थियो । एमाले र माओवादीले पछि एकीकरण गरी नेकपा स्थापना गरेका थिए । २०७४ सालको निर्वाचनमा एमाले १ सय २१ सिटसहित पहिलो स्थानमा रहेको थियो भने कांग्रेस ६३ सिटमा खुम्चन पुगेको थियो । त्यतिबेला एमाले र माओवादी केन्द्र मिलेर सरकार बनाइएको थियो ।

सो समयमा पावर सेयरिङ गर्दा प्रधानमन्त्री र राष्ट्रपति पद एमालेले आफ्नो भागमा पारेको थियो भने माओवादी केन्द्रको भागमा सभामुख परेको थियो । त्यसैले यसपटक कांग्रेसले पनि २०७४ सालमा एमालेले अपनाएकै मोडलमा जान सकिने भन्दै प्रधानमन्त्री र राष्ट्रपति पद आफंैले पाउनुपर्ने अडान राख्दै आएको छ । कांग्रेसले प्रधानमन्त्री पद भने साढे दुई साढे दुई वर्षमा आलोपालो गर्ने र साढे दुई वर्षपछि प्रधानमन्त्री पद प्रचण्डलाई दिन सहमत रहेको स्पष्ट पारेको छ ।

तर, कांग्रेसको सो प्रस्ताव माओवादीले ठाडै अस्वीकार गर्दै आएको छ । माओवादी केन्द्रले पहिलो कार्यकाल जसरी हुन्छ आफंै प्रधानमन्त्री हुनेगरी लबिङ र दौडधूप तीव्र पार्दै आइरहेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङलगायतका नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाउन आवश्यक लबिङ गर्दै एमालेसँग समेत छलफल चलाइरहेका छन् । यस सम्बन्धमा एमालेले पनि आफ्नो औपचारिक धारणा बाहिर ल्याएको छैन । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *