कालीगण्डकीमा व्यवसायिक जलयात्रा शुरु {भिडियोसहित}

डिसी नेपाल
२० पुष २०७९ १३:४०

म्याग्दी। म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा व्यवसायिक जलयात्रा शुरु भएको छ । बेनी नगरपालिका–८ कालीपुलको होटल गण्डकीले जिल्लामै पहिलो पटक व्यवसायिक जलयात्रा शुरु गरेको हो ।

म्याग्दीका पर्यटकीय स्थल र मुस्ताङ भ्रमणमा आउने जाने पर्यटकको बेनीमा बसाई लम्बाउन जलयात्राले सहयोग गर्ने अपेक्षा गरिएको छ । पर्वतको नयाँपुलदेखि मिर्मीसम्म जलयात्रा सञ्चालन गर्दै आएको स्पलाइस नेपाल एडभाञ्चर टे«कीङले म्याग्दीमा सेवा दिन थालेको हो । गलेश्वर देखि बेनीको दोभान, पर्वतको नयाँपुल र मिर्मीसम्मको प्याकेज बनाइएको छ ।

गलेश्वर–बेनी तीन किलोमिटर दुरीको एक घण्टाको छोटो प्याकेजको जलयात्राका लागि प्रतिव्यक्ति रु। एक हजार २०० शूल्य तोकिएको छ । एक पटकमा आठ जनाले ¥याफटिङ गर्न सक्नेछन् । कालीगण्डकीको छालसँगै बगेर नदी किनारको दृष्य अवलोकन गर्न पाउनु जलयात्राको आकर्षण हो ।

नदीमा बग्दै वरपरका वस्ती, झरना, पहाड र खोचको दृष्य अवलोकन गर्न सकिन्छ । यसअघि म्याग्दीमा नियमित जलयात्रा सञ्चालन भएको थिएन् । मेला महोत्सवको समयमा पोखराका व्यवसायी आएर जलयात्रा गराउदै आएका थिए ।
हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *