एमालेलाई सत्ताबाट झार्ने अर्को कसरत, राष्ट्रपति र सभामुख दुबै नदिन कांग्रेसको प्रयोग

डिसी नेपाल
२६ पुष २०७९ ६:४५

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मुलुकको प्रधानमन्त्री बनाए पनि राज्यका महत्वपूर्ण पदहरु सत्तारुढ गठबन्धनको नेतृत्व गरेको नेकपा एमालले पाउने भएपछि त्यसलाई रोक्ने प्रयास शुरु भएको छ।

सत्तारुढ गठबन्धनसंग आफूलाई पर्याप्त मत भए पनि नेपाली कांग्रेसँग मत माग्न देउवा निवासमा प्रधानमन्त्री दाहाल पुग्नु र कांग्रेसले विश्वासको मत दिने आश्वासन दिनुले एमालेलाई सत्ताबाट झार्ने प्रयास तीब्र गतिमा चलेको प्रमाण दिएको छ।

प्रधानमन्त्रीमा दाहाल भए पनि राष्ट्रपति र सभामुख दुबै पद एमालेले पाउने सहमति प्रचण्डसँग भएको थियो। यसको गर्दा राज्यका महत्वपूर्ण पदहरु राष्ट्र प्रमुख, व्यबस्थापिका प्रमुख, न्यायापालिका प्रमुख र अन्य संबैधानिक निकायमा पनि महत्वपूर्ण मानिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखजस्ता पदहरु एमालेको हातमा हुनेछन्।

आज कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेमा उसले संसद सचिवालयमा औपचारिक जानकारी गराउने र पछि आफूले जस्तो भएन भन्दै विश्वासको मत फिर्ता लिन सक्ने राजनीतिक धम्की दिएर राष्ट्रपति वा सभामुखका लागि बार्गेनिङ गर्ने छ।

 

नेपालको राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्दै आएको भारतीय संस्थापन पक्ष र जासुसी संयन्त्र रअलाई समेत चक्मा दिएर अप्रत्यासितरुपमा एमाले माओवादी गठबन्धन बनेपछि भारतीय पक्ष र कांग्रेसको नेतृत्व पंक्ति मुलुक नै वाम कब्जामा जाने भयो भन्ने कुरालाई चिन्तित छन्।

भारतले चाहेका दुई विधेयकहरु नागरिकता विधेयक र रेशम चौधरीको रिहाइका लागि पेश भएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएपछि अव कुनै पनि हालतमा नेपालको राष्ट्रपति पदमा वामपन्थी त्यसमा पनि एमालेलाई दिन नहुने भन्दै भारतीय संस्थापन र जासुस एजेन्सीले घनिभूत लविङ शुरु गरेका थिए।

नेपाली कांग्रेसको एक उच्च स्रोतका अनुसार, सत्ता गुमेपछि निराश बनेका पार्टी सभापति शेरबहादुर देउवा पनि यदि एमालेलाई राष्ट्रपति र सभामुख दुबै वा कम्तिमा एक पदमा चिप्ल्याउन सकिन्छ भने किन प्रयास नगर्ने भन्ने निष्कर्ष पुगेका छन्।

अहिले प्रचण्डलाई विश्वासको मत दिए प्रचण्डले आफ्नो सरकारलाई राष्ट्रिय सरकार भएको प्रचार गर्ने र मुलुक सबै मिलेर चलाउनु पर्छ भन्ने ह्वीम सिर्जना गरेर राष्ट्रपति वा सभामुखमध्ये एक पद नेपाली कांग्रेसलाई दिने योजनाअन्तर्गत नेपाली कांग्रेस प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे छलफल गर्न तयार भएको छ।

समाचारअनुसार, यही प्रस्ताव लिएर गत शनिवार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। झापामा रहेका सिटौलालाई भारतीय जासुसी एजेन्सीले उक्त योजना कार्यान्वयनका लागि काठमाडौं पठाएको र देउवासमेत सो प्रस्तावमा पुनर्विचार गर्न तयार भएका छन्।

संसदको निर्वाचनमा लगातारको हारपछि यसपटकदेखि निस्क्रिय प्राय देखिन थालेका कांग्रेस नेता सिटौला सोमाबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्न देउवा निवास पुग्दाको बैठकमा पनि देखा परेका थिए।

आज कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेमा उसले संसद सचिवालयमा औपचारिक जानकारी गराउने र पछि आफूले जस्तो भएन भन्दै विश्वासको मत फिर्ता लिन सक्ने राजनीतिक धम्की दिएर राष्ट्रपति वा सभामुखका लागि बार्गेनिङ गर्ने छ।

यही प्रस्ताव लिएर गत शनिवार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। झापामा रहेका सिटौलालाई भारतीय जासुसी एजेन्सीले उक्त योजना कार्यान्वयनका लागि काठमाडौं पठाएको र देउवासमेत सो प्रस्तावमा पुनर्विचार गर्न तयार भएका छन्।

यो प्रस्तावमा कुनै न कुनै रुपमा प्रधानमन्त्री प्रचण्ड पनि सहमत भएको बताइएको छ। एमालेले असहमति जनाए उसलाई सत्ताबाट बाहिर पारेर पुन कांग्रेसलाई सत्तामा लिन सकिने बाटो खुल्ने आशा प्रचण्डले राखेको हुनसक्ने बताइएको छ।

‘एमालले मुलुक नै कब्जा गर्ने स्थिति आउनु हुन्न भन्ने कुरामा प्रधानमन्त्री प्रचण्ड पनि सचेत हुनुहुन्छ तर हेरौं उहाँले कतिको प्रयास गर्न सक्नु हुन्छ?’ नेपाली कांग्रेसका एक उच्च नेताले डिसी नेपालसँग भने, ‘राजनीतिमा खेल हुनु स्वाभाविक हो, प्रचण्डलाई कांग्रेसबाटा खोसेर ओलीले पनि त लगेकै हो।’

कांग्रेसका संस्थापन पक्षका नेताहरु आफूभित्रका विपक्षीहरुलाई थर्काउँदै पार्टीले चाडै कम व्याक गर्ने भन्दै आएका छन्। पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले केही दिनअघि सार्वजानिकरुपमै पनि सो कुरा बताएका थिए।

याे पनि पढ्नुस्

पुरानो समीकरणमा फर्किए प्रचण्डलाई प्रधानमन्त्री मान्न कांग्रेस तयार

देउवाद्वारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने आश्वासन




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *