बिहे गर्न नमानेको रिसमा आमाबाबुले १८ वर्षकी छोरी मारे, गायब पारिएको लाश १ वर्षपछि भेटियो

डिसी नेपाल
२६ पुष २०७९ १५:१५
12.2k
Shares

काठमाडौं । इटालीमा एक पाकिस्तानी परिवारले आफ्नी १८ वर्षीया छोरीको हत्या गरेको छ । कारण एउटै थियो कि शिक्षित केटीले पाकिस्तान आउन र परिवारको इच्छा अनुसार विवाह गर्न मानिनन्।

परिवारले विवाहका लागि दबाब दिएपछि अस्वीकार गर्दा हत्या गरी शव बेपत्ता पारिएको थियो । एक वर्षपछि इटालीमा युवतीको कंकाल फेला परेपछि फेरि एकपटक पाकिस्तानी परिवारको यो हत्या र बर्बरताको युरोपभर चर्चा भइरहेको छ ।

यस घटनालाई लिएर इटालीका प्रधानमन्त्रीले पनि बयान दिएका छन् । उनले ट्विट गर्दै ‘निर्दोष युवतीलाई न्याय दिइनेछ’ भनेका छन् ।

१८ वर्षीय समन अब्बास इटालीको नोभेलेरा सहरमा आफ्नो परिवारसँग बस्दै आएकी थिइन् । उनका परिवारका सदस्यहरू पुरानो सोचका थिए।

आफ्नी छोरीको बिहे युरोपमा होस् भन्ने उनीहरू चाहँदैनथे । उनीहरुले उनलाई पाकिस्तानमा बिहे गर्न दबाब दिइरहेका थिए । नमानेपछि परिवारका सबै मिलेर समनको हत्या गरेका थिए ।

समनको हत्यालाई लिएर अनेक किसिमका कथा बाहिर आइरहेका छन् । युरोपेली मिडियामा समनका परिवारका सदस्यले उनको प्रेमीबारे थाहा पाएको दाबी पनि भइरहेको छ । जसका कारण उनले समनको हत्या गरेका हुन् ।

अप्रिल २०२१ मा, समन अचानक बेपत्ता भइन् । उनी प्रेमीसँग भागेको उनको परिवारका सदस्यले बताएका थिए । जबकि पुलिसले उनीहरूको कुरामा शंका गरेको थियो । यसैबीच, सम्पूर्ण परिवार इटाली छोडेर भागे।

समनका बुवा पाकिस्तानमा र हत्यामा संलग्न उनका काका फ्रान्समा पक्राउ परेका थिए । उनकी आमा अझै बेपत्ता छिन् । उनी पाकिस्तानमा कतै लुकेर बसेको बताइएको छ ।

अनर किलिङका लागि पाकिस्तान विश्वभर कुख्यात छ । केही वर्षअघि कन्दील बलोचको चर्चित केस यहाँ प्रकाशमा आएको थियो, जसमा मोडलका भाइले सामाजिक सञ्जालमा तस्बिर र भिडियो सेयर गरेको कारण रिसाएर उनको हत्या गरेका थिए।

पाकिस्तानको मानवअधिकार आयोगको प्रतिवेदनअनुसार गत वर्ष देशभर ४७४ वटा अनर किलिंगका घटनाहरू रिपोर्ट गरिएका थिए। जबकि गैरसरकारी तथ्याङ्क अनुसार यो संख्या बर्सेनि एक हजारको हाराहारीमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *