फेसन ब्रान्डले आफ्ना कर्मचारीहरूको तलब ४० प्रतिशतसम्म बढायो
काठमाडौं । जापानी फेसन चेन युनिकलोले जापानमा आफ्ना कर्मचारीको तलब ४० प्रतिशतले वृद्धि गर्ने बताएको छ ।
यो नयाँ नीति जापानमा रहेका कम्पनीका स्थायी कर्मचारीलाई मात्र लागू हुने कम्पनीले जनाएको छ । मार्चको सुरुदेखि युनिक्लोका कर्मचारीले बढेको दरमा तलब पाउनेछन् ।
गत हप्ता, जापानका प्रधानमन्त्री फुमियो किशिदाले महंगीसँग संघर्ष गरिरहेका कर्मचारीहरूको तलब बढाउन कम्पनीहरूलाई आग्रह गरे। जापानमा महंगी विगत केही दशकयताकै उच्च विन्दुमा पुगेको छ ।
यो निर्णय गर्नुको कारण स्पष्ट गर्दै कम्पनीले भनेको छ, “हामी प्रत्येक कर्मचारीलाई उनीहरूको प्रतिभा र महत्वाकांक्षा अनुसार पारिश्रमिक दिन चाहन्छौं र विश्वव्यापी मापदण्डमा कम्पनीको बृद्धि क्षमतालाई पनि बढाउन चाहन्छौं।”
नयाँ नीतिअनुसार अब विश्वविद्यालयका स्नातकहरूले मासिक तीन लाख येन पाउनेछन् । अहिलेसम्म उनले मासिक २ लाख ५५ हजार येन पाइरहेका थिए ।
यससँगै कम्पनीले स्टोर म्यानेजरको तलब पनि ३५ प्रतिशतले बढाएको छ ।







डिसी नेपाल







Facebook Comment