रुसले युक्रेन युद्धका लागि आफ्ना शीर्ष कमाण्डरलाई हटायो, के हो कारण ?
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसका शीर्ष कमाण्डर सर्गेई सुरोभिकिनलाई पदबाट हटाएका छन् । उनी तीन महिनाअघि मात्र युक्रेनमा नियुक्त भएका थिए ।
अब चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोफले यो ‘विशेष सैन्य अभियान’को नेतृत्व गर्नेछन्। सर्गेई सुरोभिकिनको स्थानमा जनरल गेरासिमोफलाई नियुक्त गरिएको छ । शीर्ष कमाण्डरको रूपमा, सुरोविकिन रूसको संयुक्त सेनाको प्रमुख थिए।
सुरोविकिनले भर्खरै युक्रेनको ऊर्जा पूर्वाधारमा भएको आक्रमणको जिम्मेवारी लिएको थियो। रुसले पूर्वी युक्रेनमा अगाडि बढिरहेको दाबी गरेपछि यो परिवर्तन भएको हो । रुसले गत वर्ष फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेको थियो ।
जनरल गेरासिमोफ सन् २०१२ देखि प्रधानसेनापतिको पदमा छन् । उनी सोभियत युगपछि सबैभन्दा लामो समय सेवा गर्ने चिफ अफ जनरल स्टाफ हुन्।
जनरल सुरोविकिनले अब उनको डेपुटीको रूपमा काम गर्नेछन्। उनी सिरियामा रुसको अभियान र एलेप्पो सहरमा भारी बमबारी सहित अघिल्लो युद्धहरूमा क्रूर नीतिहरूको लागि परिचित छन्।
त्यसको लगत्तै अक्टोबरमा उनलाई यो अभियानको नेतृत्व सुम्पियो । त्यसपछि रुसले युक्रेनको उर्जा पूर्वाधार ध्वस्त पार्न खोज्यो । सुरोविकिन पनि खेरसनबाट रुसी सेनाको निस्किने बेलामा उपस्थित थिए।
रसियाको रक्षा मन्त्रालयले सुरोभिकिनलाई प्रतिस्थापन गर्नुको उद्देश्य “सेनाका विभिन्न शाखाहरू बीचको नजिकको सम्पर्क स्थापित गर्न र व्यवस्थापनको गुणस्तर र प्रभावकारितामा सुधार गर्नु” भनेको छ।
तर, यो पनि भनिन्छ कि सुरोविकिनले धेरै शक्ति प्राप्त गरेको थियो।
सैन्य मामिलाका विज्ञ रोब लीले ट्वीटरमा लेखेका छन्, “तीन सेनाका कमाण्डरका रूपमा सुरोविकिन निकै शक्तिशाली बन्दै गएका थिए र राष्ट्रपति पुटिनसँग कुरा गर्दा रक्षामन्त्री र गेरासिमोलाई बेवास्ता गरिरहे।”







डिसी नेपाल







Facebook Comment