भारतीय सेना प्रमुख मनोज पाण्डेले भने – देशको उत्तरी सिमानाको अवस्था सामान्य छ तर…

डिसी नेपाल
२८ पुष २०७९ १६:३३
496
Shares

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डेले देशको उत्तरी सीमानाको अवस्था सामान्य रहेको तर यसबारे केही भन्न नसकिने बताएका छन् ।

चीनसँग जारी वार्ताका सम्बन्धमा उनले सातमध्ये पाँचवटा समस्या समाधान गरिसकेको र सैन्य र कूटनीतिक दुवै तहमा वार्ता भइरहेको बताए ।

जनरल मनोज पाण्डेले जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने क्षमता पनि रहेको बताए ।

जम्मू-कश्मीरको अवस्थाको बारेमा सेना प्रमुखले भने, “जहाँसम्म जम्मू-कश्मीरको अवस्थाको सवाल छ, फेब्रुअरी, २०२१ देखि जारी युद्धविराम यथावत छ तर सीमा पारबाट अतिवादलाई समर्थन पनि जारी छ।”

पूर्वोत्तर भारतका सम्बन्धमा जनरल पाण्डेले उत्तरपूर्वी राज्यका अधिकांश राज्यमा शान्ति स्थापना भएको बताए । आर्थिक गतिविधि र विकासका कामले राम्रो नतिजा दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *