रूसी विपक्षी नेता नाभाल्नीको उपचार गर्न जर्मनीको आग्रह

डिसी नेपाल
२९ पुष २०७९ २०:५१
40
Shares

बर्लिन । जर्मनीले जेलमा रहेका क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीलाई उपचार सेवा प्रदान गर्न आग्रह गरेको छ ।

रूसी जेलमा रहेका विपक्षी नेता नाभाल्नीलाई जेलअधिकारीहरूले अस्पतालमा उपचार गर्न जान नदिएको गुनासो बाहिरिएपछि जर्मनीद्वारा नाभाल्नीको स्वास्थ्यप्रति चासो गरेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक नाभाल्नीले आफूलाई ज्वरोलगायत फ्लुको लक्षण देखिएको तर मस्कोबाहिर रहेको एउटा जेलको सजाय कक्षमा राखिएको र आधारभूत औषधिबाट बञ्चित गरिएको बताएका छन् ।

नभाल्नीलाई तत्काल चिकित्सकीय सहायताको खाँचो रहेको थुप्रै रूसी चिकित्सकहरूले औंल्याएका छन् । हामी रूसी अधिकारीहरूलाई तत्काल र सहज रूपमा उपचार सेवा उपलब्ध गराउन आग्रह गर्दछौं,” जर्मन सरकारका प्रवक्ता क्रिस्टियन होफम्यानले भने ।

बर्लिनले पनि नाभाल्नीलाई ‘राजनीति बदला लिने उद्देश्यबाट प्रेरित फैसला’ गरिएको दोहो¥याउँदै उनलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।

दुई वर्षदेखि ४६ वर्षीय नाभाल्नीलाई मस्कोबाट करिब २३० किलोमिटर पूर्वमा रहेको भ्लादिमिर शहरबाहिर थुनामा राखिएको छ ।

नाभाल्नीलाई सन् २०२० मा साइबेरिया भ्रमणका क्रममा सोभियत सङ्घकालिन समयमा निर्मित विषाक्त नर्भ एजेन्ट ‘नोभिचोक’ खुवाइएको जर्मनीमा उपचारका क्रममा चिकित्सकहरूको समूहले पुष्टि गरेको थियो ।

बर्लिनमा उपचार गराएका नाभाल्नीले आफुमाथिको आक्रमणको पछाडि रूसी राष्ट्रपति पुटिनको सम्लग्नता रहेको आरोप लगाउँदै आएका छन् ।

एक खुला पत्रमा सयौं रूसी चिकित्सकले नभाल्नीलाई ‘यातना’ नदिन र उनलाई पर्याप्त हेरचाह गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *