रक एण्ड रोल स्टार एल्विस प्रेस्लीकी छोरी लिसाको ५४ वर्षको उमेरमा निधन

डिसी नेपाल
३० पुष २०७९ १०:३५

काठमाडौं । चर्चित रक एण्ड रोल स्टार एल्विस प्रेस्लीकी छोरी लिसा मेरी प्रेस्लीको ५४ वर्षको उमेरमा निधन भएको छ । उनकी आमा प्रिसिला प्रेस्लीले यसबारे जानकारी दिएकी छन् ।

लिसा प्रेस्ली एक गायिका थिइन्। स्वास्थ्य बिग्रिएपछि उनलाई बिहीबार अस्पताल लगिएको थियो । मिडिया रिपोर्टका अनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो ।

अमेरिकी समाचार वेबसाइट टीएमजेडले स्रोतलाई उद्धृत गर्दै लिसा क्यालिफोर्नियास्थित आफ्नो घरमा बेहोस अवस्थामा फेला परेको बताएको छ ।

प्रिसिला प्रेस्लीले एक विज्ञप्ति जारी गर्दै भनिन्, “उनी (लिसा प्रेस्ली) धेरै न्यानो, बलियो र मीठो थिइन्। हामी यो दुखद समयमा हाम्रो गोपनीयता कायम राख्न आशा गर्दछौं।”

लिसाकी आमाले उनको मृत्युको कारणबारे केही भनेकी छैनन् ।

लिसा प्रेस्लीको १९६८ मा जन्म भएको थियो। उनले पनि बुबा जस्तै संगीतलाई आफ्नो करियर बनाएकी थिइन् । उनका तीनवटा एल्बम थिए । २००३ मा उनको पहिलो एल्बमलाई निकै मन पराइएको थियो ।

उनी आफ्नो विवाहका कारण चर्चामा पनि थिइन् । उनले पप स्टार माइकल ज्याक्सन, अभिनेता निकोलस केज र संगीतकार डेनी केउ र माइकल लकवुडसँग विवाह गरेकी थिइन्। उनका तीन सन्तान छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *