तेल कम्पनी एक्सोनमोचिलमाथि जनवायु परिवर्तनबारे ५० वर्ष पहिल्यै जानकारी भएर पनि लुकाएको आरोप

डिसी नेपाल
३० पुष २०७९ १०:३६
20
Shares

काठमाडौं । तेल क्षेत्रको चर्चित कम्पनी एक्सोनमोबिलले जीवाश्म इन्धनले पृथ्वीलाई कसरी तताउनेछ भनेर ७० को दशकमा नै सही भविष्यवाणी गरेको अनुसन्धानकर्ताहरूले दावी गरेका छन्।

अनुसन्धानकर्ताहरूले यो पनि जानकारी दिए पनि कम्पनीले यो जानकारीपछि पि सार्वजनिक रूपमा यो तथ्यलाई अस्वीकार गरेको थियो ।

हार्वर्ड युनिभर्सिटी र पोष्टडम इन्स्टिच्युट अफ क्लाइमेट चेन्जका अनुसन्धानकर्ताहरूले एक्सोनमोबिलका वैज्ञानिकहरूले तयार पारेको ग्लोबल वार्मिङको मोडल नासाको मोडलभन्दा बढी सही भएको बताएका छन्।

शोध पत्रका लेखकहरूले एक्सनमोबिल कम्पनीले उनीहरूको वैज्ञानिक डाटा खारेज गर्दै सार्वजनिक बयान जारी गरेको आरोप लगाए।

ग्लोबल वार्मिङमा एक्सोनको लामो समयदेखिको स्थिति भनेको जलवायु परिवर्तनमा तुरुन्तै कार्य गर्न आवश्यक छैन भन्ने हो ।

तेल र ग्यासको बिक्रीबाट अर्बौं डलर आम्दानी गर्ने कम्पनी एक्सोनमोबिलले जीवाश्म इन्धन र जलवायु परिवर्तनबीचको सम्बन्धबारे आफूलाई जानकारी भएको अनुसन्धानकर्ताहरूको दाबीलाई अस्वीकार गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *