लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

डिसी नेपाल
५ माघ २०७९ १६:५१

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

बिहिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन् । उनले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मत दिएका हुन् । प्रस्तावको विपक्षमा २८ मत परेको हो ।

गिरिलाई प्रदेशसभामा स्वतन्त्र सांसदसहित ६ दलको समर्थन रहेको छ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा प्रदेशसभामा ८६ सांसद उपस्थित थिए । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा कांग्रेसका सांसदले मात्र मत दिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *