कांग्रेसले उपसभामुख पदको उम्मेदवार मुक्ता यादवलाई बनाउने
काठमाडौं। नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको छ।
शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरुको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेकी यादवलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो। यादव समानुपातिक सांसद हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment