प्रतिनिधिसभा बैठकमा उपसभामुख चयन हुँदै (लाइभ)

डिसी नेपाल
७ माघ २०७९ १३:१९
168
Shares

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ। उपसभामुख चयन प्रक्रिया नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ।

आज (शनिबार) दिउँसो १ बजेबाट बसेको प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ। उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसका मुक्ताकुमारी यादवको उम्मेदवारी परेको छ।

उपसभामुख पदको निर्वाचन मत विभाजनबाटै हुने संसद् सचिवालयले जनाएको छ। दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा उपसभामुख चुन्न बहुमत अर्थात् एक सय ३८ सङ्ख्या आवश्यक पर्छ।

अर्जुनधारा– ८ निवासी समानुपातिकतर्फबाट निर्वाचित रानालाई नेकपा (एमाले)का ७९, नेकपा (माओवादी केन्द्र)का ३२, रास्वपा २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १४, जनता समाजवादी पार्टी (जसपा)को १२, जनमत पार्टी ६ सांसदको समर्थन निश्चित छ।

सहिदनगर– १ धनुषानिवासी समानुपातिक सांसद यादवलाई कांग्रेसका ८८, नेकपा (एकीकृत समाजवादी)को १०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का चार र जनमोर्चाका एक सांसदको समर्थन पक्का छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *