मुख्यमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

डिसी नेपाल
८ माघ २०७९ १४:४९
64
Shares

विराटनगर।  प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोनाम ल्होछार पर्वका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिएका छन्।

मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने यस पर्वले नेपालीबीच सद्भवा, भातृत्व र एकता मजबुत हुने उल्लेख गरे।

विभिन्न जातजाति र समुदायले आ–आफनो शैली तथा परम्पराअनुसार मनाउने विभिन्न पर्वले सामाजिक र सांस्कृतिकरुपमा नेपाललाई धनी बनाएको उनले बताए। मुख्यमन्त्री कार्कीले यस अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *