राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ

डिसी नेपाल
९ माघ २०७९ १७:०३
32
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन्।

रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा चयन गरेको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए।

संसदीय दलको उपनेतामा चयन भएका श्रेष्ठ काठमाडौँ क्षेत्र नं ८ बाट प्रतक्ष्य निर्वाचित सांसद हुन् भने प्रमुख सचेतकमा चयन भएका परियार समानुपातिक सांसद हुन्।

रास्वपा संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने यसअघि नै चयन भइसकेका छन्। पार्टीबाट हाल प्रतिनिधिसभामा बीस जना सदस्य छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *