नेपालको आकाशमा शीतयुद्ध मडारिएको छः रामचन्द्र पौडेल
काठमाडौं। नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालको आकाशमा शीतयुद्ध मडारिएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली आकाशमा शीतयुद्ध मडारिएको बताएका हुन्।
भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएको भन्दै उनले यसको सामना गर्न सर्वदलीय सहमतिअनुसार अघि बढ्नुपर्ने बताए ।
पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको भन्दै आह्वान गरेका छन्। उनले राष्ट्रिय सहमतिका लागि विशेषगरी तीन कारण रहेको बताए।
विशेषगरी देशको कमसल आर्थिक अवस्थालाई अन्त्य गर्न, भूराजनीतिक दबाबको सामना गर्न र शान्तिप्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले राष्ट्रिय सहमतिको आह्वानलार्ई आफ्नो व्यक्तिगत स्वार्थसँग नहेरिदिन पनि आग्रह गरे।
सत्ता केन्द्रित राजनीतिले देशमा संकट देखापरेको भन्दै उनले अब राष्ट्रिय सहमतिमात्र नेतृत्वले विश्वास आर्जन गर्दैै समस्या समाधान गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गरी देशको विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्ने उनको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment