प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई टुँगोमा पुर्‍याउनुहुन्छ : हरिबोल गजुरेल

डिसी नेपाल
१० माघ २०७९ १८:२९

प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री प्रचण्डको वर्तमान कार्यकालमा शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको पूर्ण कार्यान्वयन गराउने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री प्रचण्डले यसपटक केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँडेको र शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको पूर्ण कार्यान्वयन गराउने बताएका हुन् । गजुरेलले आफूले आफ्नो ठाउँबाट अहिले प्राप्त गरेको जिम्मेवारीलाई ईमानदारिता र निष्ठापूर्वक आफ्नो क्षमताअनुसार काम गर्ने पनि प्रतिवद्धता जनाए ।

उनले विगतमा आफू ९ महिना कृषिमन्त्री भएको बेला नाकाबन्दीको अवस्थामा पनि मलको अभाव हुन नदिएको स्मरण गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *