बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुने
काठमाडौं। बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार आज हुने भएको छ। मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नयाँ मन्त्री नियुक्त गर्ने भएका छन्। मन्त्रिपरिषद्ले पूर्णता दिने वा नदिने बारे टुंगिएको छैन।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आज २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ। मन्त्री बन्ने आकांक्षीहरूको संख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको छ।
नेकपा एमालेले ५ वटा, माओवादीले ४ वटा, राप्रपाले ३ वटा, नेकपा एकीकृत समाजवादीले २ वटा र हाम्रो नेपाली पार्टीले १ वटा मन्त्रालय मागेका छन्।
तर, मन्त्रिपरिषद् बैठकले ११ वटा मन्त्रालय राख्ने स्वीकृत गरेसँगै भागवण्डामा तलमाथि हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment