चुनाव नलड्ने घोषणा गरेको सापकोटालाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

डिसी नेपाल
१३ माघ २०७९ ६:२६
216
Shares

काठमाडौं। गत निर्वाचनमा युवालाई अवसर दिने भन्दै आफूले पाएको टिकट त्यागेका पूर्वसभामुख अग्नि सापकोटालाई माओवादी केन्द्रले उपाध्यक्ष बनाउने तयारी गरेको छ।

पदाधिकारीको संख्या थप गर्न लागेको माओवादीले सापकोटालाई उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेको हो।

माओवादीको बिहीबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी थप गर्ने विषयमा छलफल गरेको थियो। आज बस्ने बैठकमा सापकोटालाई उपाध्यक्ष बनाउने गरी पदाधिकारी थप्ने प्रस्ताव पेश हुँदैछ।

पदाधिकारी संख्या थप गर्ने निश्चित भए पनि कति जना जना थप्ने भन्ने विषयमा छलफल भइरहकेको छ। नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन् ।

सापकोटालाई महरापछिको मर्यादाक्रममा राख्ने गरी उपाध्यक्ष बनाउन लागिएको हो। माओवादीमा हाल २१ सदस्यीय पदाधिकारी कमिटी छ। जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष एक एक जना छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *