अनेरास्ववियूद्वारा शिक्षा मन्त्री खनालको पुत्ला दहन

डिसी नेपाल
१३ माघ २०७९ ११:१२
284
Shares

काठमाडौं। निजी क्षेत्रलाई पोष्ने काम गरेको भन्दै अनेरास्ववियुले काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस अगाडि शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालको पुत्लादहन गरेको छ।

एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरुले शिक्षामन्त्री खनालको पुत्लादहन गरेका हुन्।

विद्यार्थीहरुले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने निर्णय गरेको भन्दै मन्त्री खनालको पुत्लादहन गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए। मन्त्री नियुक्त भएको एक महिना नबित्दै उनको पुत्ला दहन भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *