राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादी केन्द्रको निर्णय

डिसी नेपाल
१३ माघ २०७९ १७:००
144
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो।

बैठकमा राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिएपछि बैठकले यस्तो निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

सत्ता साझेदार दलभित्र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो। प्रवक्ता महरालेले राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने आफूहरूको मत भएकाले एमालेसहितका सबै पार्टीहरूसँग आफूहरुले छलफल गर्ने बताए।

बिहीबारदेखि सुरु भएको बैठक माघ १६ गते बिहान ११ बजे पुनः बस्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *