गृहमन्त्रीविरुद्ध मुद्दाको फैसला आजै, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा

डिसी नेपाल
१३ माघ २०७९ १७:०५
332
Shares

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दाको फैसला सुनाउने तयारीसँगै सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

लामिछानेको नागरिकताको वैधतामा प्रश्न उठाउँदै दायर रिटमाथि शुक्रबार सुनुवाइ सकिएसँगै सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको ह ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा बुधबार र शुक्रबार अन्तिम सुनुवाइ भएको छ।

सुनुवाइ सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेपछि अदालतमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *