प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे ओली

डिसी नेपाल
१५ माघ २०७९ १६:५१
412
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। दुई नेताबीच राजनीतिक तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए।

गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेबाट प्रधानमन्त्रीमाथि दबाब सृजना भएको समाचार सार्वजनिक भइरहेका बेला ओली बालुवाटार पुगेका हुन्।

आइतबार अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकताको प्रमाणपत्र बुझेपछि उनलाई फेरि गृहमन्त्री बनाउन एमालेले दबाब दिएको भनिएका बेला दुई शीर्षनेताबीच छलफल भएको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *