राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारी पुनः निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ले पाएका छन्।
रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुनः चयन गरेको हो। उनले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर पुनःप्राप्तिको प्रक्रियाबाट नेपाली नागरिकता लिएका थिए।
आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनले पुनः नागरिकताको प्रमाणपत्र लिन निवेदन दिएका थिए। उनलाई नागरिकताको प्रमाणपत्र दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए।
Facebook Comment