सहिद दिवसमा सहिद स्मारक पुगे प्रधानमन्त्री प्रचण्ड (तस्वीरसहित)

डिसी नेपाल
१६ माघ २०७९ ११:०८
60
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

सहिद दिवसको अवसरमा सोमबबार लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन्।

सहिदहरूको त्याग र बलिदानबाटै संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताउँदै उनले सहिदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एकजुट हुनुपर्ने बताएका हुन्।

देशको र जनताको निम्ति प्राण आहुति गर्ने सहिदहरू अमर र अजर रहने भन्दै प्रधानमन्त्री प्रचण्डले माघ १६ गतेलाई औपचारिक समारोहमा मात्र सीमित गर्न नहुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *