देश निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्छ : सभामुख घिमिरे

डिसी नेपाल
१६ माघ २०७९ १७:१३

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाजलाई अग्रगति दिने उदेश्यलाई पुरा गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलका क्रममा सभामुख घिमिरेले संसदको भूमिका समाजलाई अग्रगति दिने उदेश्यलाई पुरा गर्ने भएकाले यसमा सञ्चारजगत लगाएत सवै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले विभिन्न ऐन निर्माण गर्ने विधेयकमा छलफल वा नयाँ केहि निर्णय गर्ने विषयमा पनि आफु समझदारीमा नै अघि बढ्ने धारणा राखे । देश निर्माणका लागि यसअघि गरिएका प्रयत्नहरुलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।

सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लािग पनि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । संसदको रिर्पोटिङका क्रममा देखिएका समस्याहरुलाई पनि समाधान गर्दै लैजाने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *