मन्त्रिपरिषद बैठक

योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत नियुक्त

परराष्ट्रमन्त्री पौड्यालको श्रीलंका भ्रमण स्वीकृत

डिसी नेपाल
१६ माघ २०७९ १८:२२

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तीन सदस्य नियुक्त गरेको छ।

मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको थियो। मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ।

त्यस्तै बैठकले परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाल र बहराइनको दुई पक्षिय परराष्ट्र परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको प्रवक्ता रेखार्माले जानकारी दिइन्।

बैठकले नेपाल र युरोपियन युनियनबीचको सयुंक्त उप–आयोगको सन २०२३ फ्रेवुअरी २ मा बस्ने बैठकको परराष्ट्र सचिवले नेतृत्व गर्ने निर्णय गरेको छ।

त्यस्तै मन्त्रिपरिषद्ले अमरपुर–ढुंगेसाघु १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारवाही चलाउने अधिकारीमा आयोजनाका इन्जिनियर नितेश यादवलाई तोक्ने निर्णय गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *