छेडागाडका मेयरले बनाएनन् नलगाडको स्वास्थ्य भवन

डिसी नेपाल
१६ माघ २०७९ २०:४६

सुर्खेत। जाजरकोट नलगाड नगरपालिकामा निर्माण हुन लागेको नगर अस्पतालको भवन अलपत्र परेको छ। छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले १८ करोडमा लिएको उक्त ठेक्काको काम नगर्दा अलपत्र परेको हो।

स्वास्थ्य भवनको सम्झौता मिति २०७८ असोज २२ गते रहेको थियो। २०८० असार १५ गते सम्मा सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने भनि सम्झौतामा उल्लेख गरिएको छ।

पहिलो किस्तामा २ करोड ८६ हजार रुपैयाँ नगरपालिकाबाट लिइएको र दोस्रो पटक १ करोड ९९ लाख ९९ हजार ९९९ रुपैयाँ लिइसकेका छन्। प्रेरा खडका कृष्ण क्याराभान जेभी काठमाडौँको नाममा भुक्तानी भएको छ।

तोकिएकै समयमा स्वास्थ्य संस्थाको भवन निर्माण नहुँदा यहाँ दैनिक आउने विरामी तथा सेवाग्रहीलाई सेजा लिन समस्य भएको नलगाड नगरउपप्रमुख सरिता सिंहले गुनासो गरिन्। ठेक्काका कामहरु लिने तर समयमा कत्तैपनि निर्माण नगर्ने परिपार्टीका कारण दैनिक समस्य हुँदै आएको छ।

ठेक्का लिएको काम समयमा नगर्दा समस्य भएको भन्दै उपप्रमुख सिंहले प्रदेशसभा सदस्य बेदराज सिंहलाई निर्माण व्यवसायी तथा छेडागाडका नगरप्रमुखलाई निर्माण गर्ने काममा लाग्न समेतको लागि सहजीकरण गरिदिन आग्रह गरिएको छ।

दुइ वर्ष अघि नगर अस्पताल निर्माणका लागि बोलपत्र आवह्वान गरिएको थियो। नगर अस्पतालको जग मात्र खडा गरिएको अवस्थामा रहेको छ। संरचना निर्माण गर्ने समय सम्मा निर्माणको काम सुरु नहुँदा सबै भन्दा बिडम्वना रहेको रहेको सरोकारवाला निकायले बताएका छन्।

नगरपालिकाबाट पटक पटक काममा आउन आग्रह गरिएपनि नगरप्रमुख खड्काले हुन्छ भन्ने तर काममा नआउने कार्यले गर्दा समस्य हुँदै आएको उपप्रमुख सिंहले पीडा सुनाइन्। संघीय सरकारबा प्राप्त रकमबाट उक्त भवन निर्माण गर्न लागिएको हो।

नेपाली कांग्रेसबाट छेडागाड नगरपालिकामा नगरप्रमुखमा रहेका खड्को नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा निर्माण गर्ने भनिएको पुल समते सात वर्ष सम्मा निर्माण नगरेका हुन्।

खारा स्थित नलगाड नदीमा निर्माण हुने उक्त पुल निर्माण नगरी अलपत्र भएको हो। पटक पटक आयोजनाले पुल निर्माण गर्न आग्रह गरिएको भएपनि मेयर खड्काले अटेरी गरी काम नगरेको आयोजनाको दावी रहेको छ।

पुल निर्माणको काम लामो समय देखि अलपत्र पर्दा यस क्षेत्रका अधिकांश विकासे कामहरु अलत्रप भएका छन्। अहिले नलगाड नदीमा काठको लाप्को लगाएर वारपार गराउने काम हुँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *