माओवादी पदाधिकारी बैठक बस्दै, गृहमन्त्रालयबारे छलफल गर्ने तयारी

डिसी नेपाल
१७ माघ २०७९ ११:०३

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दैछ । आज दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ । यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भएपनि सर्वोच्च अदालतले रवि लामिछानेलाई अवैध नागरिकता ठहर गरेपछि उनले पद गुमाएका थिए ।

अहिले माओवादीले गृह मन्त्रालय आफूसँगै राख्ने तयारी गरेको छ । तर, रास्वापाले गृह मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *