मुगुका बाढी पीडितलाई राहत वितरण

डिसी नेपाल
२० माघ २०७९ १५:१३

मुगु  । मुगुका बाढीपहिरो प्रभावित परिवार राहत वितरण गरिएकाे छ ।  छायाँनाथ रारा नगरपालिका -८ का बाढीपहिराे पीडित परिवारलाई शुक्रबार राहत वितरण गरिएकाे हाे ।

टेवा नेपाल काठमाडौको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई ८ नं वडा कार्यालयले प्रति घर ३० केजी चालल, २ केजी दाल, १ पाकेट नुन, डसना सिरक र तन्ना वितरण गरिएकाे हाे ।

गत असोज १८ देखि २३ गतेसम्म् अविरल वर्षाका कारण घरबारी गुमाएका पीडितलाई राहत दिइएकाे हाे । गत असोजमा गएकाे बाढीपहिराेले मुगुका चारवटै पालिकामा करोडौको भौतिक सम्पत्तिमा क्षति गरेकाे थियाे ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *