राडी बजारमा स्थापना भएको नापी र मालपोत कार्यालय उद्घाटन भएदेखि नै बन्द
सुर्खेत। रुकुम पश्चिमको आठबीसकोट-९ मा मालपोत र नापी कार्यालय स्थापना हुँदा थपिएको उत्साह अहिले निरासामा बदलिएको छ।
कार्यालय स्थापना भएको चार महिनादेखि ठुलो ताल्चाले कार्यालयलाई स्वागत गरिरहेको छ। कार्यालय असोज १० गते उद्घाटन मात्र खुलेको त्यस यता पुरै समय बन्द भएपछि सेवाग्राहीको उत्साह निरासामा बदलिएको हो।
जिल्लाको आठबीसकोट र बाँफीकोटका केही क्षेत्रलाई आधार मानेर कार्यालयमा साइनबोर्ड झुड्याएको छ। उक्त कार्यालय सञ्चालनका लागि केन्द्रबाट न कुनै पत्र आएको छ न त बजेट नै मालपोत कार्यालय रुकुमपश्चिमका कार्यालयका प्रमुख ओमबहादुर केसीले बताए।
दैनिक सेवा लिन सर्वसाधारणहरु आउने गरेपनि बन्द भएको कार्यालय हेरेर फर्कने गरेको स्थानीय कमल शाहले बताए। अहिले यहाँ तोकिएका कर्मचारीहरु सदरमुकाममा फर्कीएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment