कर्णाली प्रदेश प्रहरी प्रमुख ढकाल शान्ति सुरक्षा बुझ्न जिल्लाको अनुगमनमा

डिसी नेपाल
२२ माघ २०७९ १८:११

सुर्खेत। कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकाल शान्ति सुरक्षाको अवस्था बुझ्न जिल्ला-जिल्लामा पुगेका छन्। भर्खरै मात्र प्रदेश प्रहरी प्रमुख भएकार आएका प्रहरी नायव महानिरीक्षक ढकालले माघ १२ गते जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका थिए।

१३ माघमा १० जिल्लाका प्रहरी प्रमुखसँग जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे भिडियोमार्फत जानकारी लिएका ढकालले माघ १५ गते नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश, सुर्खेत र तालिम केन्द्र (हाल नेपालगन्ज) बाँकेमा निरीक्षण गरेका थिए।

माघ १६ गते नेपाल प्रहरी विषेश सुरक्षा गण, सुर्खेत (हाल नेपालगंज) बाँकेको निरीक्षण गरेका थिए। आइतबार स्थलगत रुपमा शान्ति सुरक्षाको अवस्था बुझ्न महानिरीक्षक ढकाल जाजरकोट पुगेका थिए। प्रदेशका सबै जिल्लामा पुगेको त्यहाँको अवस्था र नागरिकको अपेक्षासमेत बुझ्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

दरबन्दी अनुसारको प्रहरी कर्णाली प्रदेशमा नभएपनि भएको जनशक्तिले राम्रो काम गरेको समेत बताए। जिल्लाको सुरक्षा समितिको बैठकमा समेत सहभागी भएर जिल्लाको समग्र सुरक्षा तथा भुगोलमा विषयमा समेत जानकारी लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *