सुर्खेत बसपार्क दुर्घटना: आफन्तद्वारा टायर बालेर आन्दोलन
सुर्खेत। वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्क अगाडी बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरुले विहानैदेखि आन्दोलन शुरु गरेका छन्।
छेडागाड नगरपालिका जाजरकोट स्थायी ठेगाना भएकी अन्दाजी ६६ वर्षीय नदी रावतको बसको ठक्करबाट मृत्यु भएपछि आफन्तहरु आन्दोलनमा उत्रिएका हुन्।
उचित क्षतीपूर्ती र सवारी चालकलाई हदैसम्मको कारवाहीको माग राख्दै आफन्तहरुले यरिचोक, बसपार्क अगाडि, मंगलगढी चौक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन्।
आफन्तहरु आन्दोलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन ठप्प छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment