पशुपतिनाथमा बिशेष पुजा गर्न अब ७ हजार ५ सय र १५ हजार १ सय शुल्क निर्धारण

डिसी नेपाल
६ फागुन २०७९ ८:१७
416
Shares

काठमाडौं। पशुपतिनाथको बिशेष पुजा गर्ने रकममा बढोत्तरी गरिएको छ।

पशुपति विकासक्षेत्र कोष, सञ्चालक परिषद, देउउद्यानज गौशालाले आज जारी गरेका सुचना अनुसार पराम्परागत पुजा र बिशेष पुजाको शुल्क बढोत्तरी गरिएको हो।

गत असार ८ गते बसेको सञ्चालक परिषदको बैठकको निर्णयानुसार शुल्क परिमार्जन गरि बढोत्तरी गरिएको कोषले जनाएको छ।

‘भगवान श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरुवाट पराम्परागत रुपमा नै गरिनेृ रु ५,१०० र रु ११,००० को बिशेष पुजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गते को सञ्चालक परिषदको बैठकको निर्णयले उक्त पुजा रकमलाई क्रमशः ७५०० र १५,१०० हुने गरी परिमार्जन गरिएको छ’ आज जारी सार्वजकि सुचनामा भनिएको छ।

बिशेष प्रकृतिको पुजा लागि शुल्क लिदाँ ब्यवस्थापनमा सहज हुनुको साथै पावन पशुपत क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नसमेत यसले सघाऊ पुगाउने कोषले बिश्वास लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *