लागूऔषधसहित पोखराबाट तीन जना पक्राउ

डिसी नेपाल
६ फागुन २०७९ २०:५३
72
Shares

पोखरा। पोखराबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। १९५ एम्पुल लागुऔषधसहित विभिन्न स्थानबाट लागूऔषध कारोबारी पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए।

उनका अनुसार सुरुमा प्रहरीले पोखरा महानगरपालिका-५ मालेपाटनबाट २५ वर्षीय प्रशान्त भनिने सञ्जय गुरुङलाई ७२ एम्पुलसहित पक्राउ गर्‍यो। गुरुङको साथबाट डाइजापाम २० एम्पुल, फेनरागन २३ एम्पुल र बुप्रिनफ्रिन २९ एम्पुलसहित पक्राउ गरेको डिएसपी जोशीले बताए।

उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप २ लागूऔषध कारोबारी पत्ता लागेको उनले बताए। पोखरा महानगरपालिका-२५ हेम्जाको राजमार्गमा शंकास्पद गतिविधिमा संग्लन स्थानीय २६ वर्षीय पवन थापा र अनिष श्रेष्ठको साथबाट लागूऔषध बरामद गरिएको हो।

पवनको साथबाट डाइजापाम, फेनरागन र नुफिन ७\७ एम्पुल फेला परेको छ। श्रेष्ठको साथबाट डाइजापाम, फेनरागन र नुफिन ३४\३४ थान बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *