टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा चालकको मृत्यु
दार्चुला। दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। दुर्घटनामा सहचालक घाइते भएका छन्।
जिल्लाको मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आज बिहान करेन्ट लागेर चालकको मृत्यु भएको हो। दुर्घटनामा सहचालक घाइते भएका हुन्।
कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
त्यस्तै मार्मा गाउँपालिका-६ का १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment