नेशनल जियोग्राफिक सोसाइटीद्वारा एलोइ सीटीओलाई आर्थिक सहयोग

डिसी नेपाल
८ फागुन २०७९ ११:३८

काठमाडाैं। नेशनल जियोग्राफिक अन्वेषक सोनिका मानन्धरले नेशनल जियोग्राफिक सोशाइटीबाट जलवायु परिवर्तनको प्रतिरोध गर्ने तर्फ प्रयासहरु गर्नका लागि रकम प्राप्त गरेकी छन्।

मानन्धर एलोइक नाम गरेको संस्थाको प्रमुख प्राविधिक अधिकारी हुन्, जुन एउटा सामाजिक संगठन हो। जसले हरित सूक्ष्म-उद्यमीहरुलाई व्यवसायिक वित्तपोषणमा पहुँच प्राप्त गर्न सहयोग गर्दछ।

एलोइ, दिगो वातारण र जलवायू परिवर्तनका प्रभावहरुलाई सम्वोधन गर्ने तर्फ प्रतिवद्ध रहेको संस्थाकी प्रमुख अधकारी मानन्धरले बताइन्। मानन्धरले एलोइका कार्यहरुलाई बढाउँदै हरित सूक्ष्म-उद्यमहरुलाई उनीहरुको व्यवसाय विस्तार गर्न र वित्तपोषण प्राप्त गर्नका लागि गरिेने प्रयासलाई फराकिलो पार्दै लैजाने योजना रहेकाे बताइन्।

“म नेशनल जियोग्राफिक सोशाइटीबाट यस सहयोग प्राप्त गर्दा साह्रै गौरवान्तिव र कृतज्ञ भएको छु, मानन्धरले भनिन्, “यस सहयोग रकमले, म एलोइको पहुँच र प्रभावलाई अझ विस्तार गर्न सक्नेछु र अझै धेरै सूक्ष्म-उद्यमीहरुलाई सशक्त बनाई उनीहरुको समाजमा अर्थपूर्ण परिवर्तन सृजना गर्न सक्षम हुनेछु।”

एलोइ नेपालमा हरित सूक्ष्म-उद्यमीहरुसँग काम गर्दछ र उनीहरुलाई वित्तपोषण र व्यवसायिक विशेषज्ञता तर्फ पहुँच प्राप्ति गर्न सहयोग गर्दछ। यस कार्यबाट उनीहरुले उनीहरुको समाजमा रोजगार सृजना गर्न, जिविकोपार्जन सुधार गर्न र दिगो विकासलाई प्रवर्धन गर्न सक्दछन्।

जसबाट, वातावरण परिवर्तनका प्रभावहरुको न्यूनीकरण गर्न मद्दत पुग्दछ र स्थानिय जलबायु संयन्त्रहरुको लचकलाई समेत सहयोग पुग्ने मानन्धरले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *