आफ्नै साथीलाई नेपाल बोलाएर यौन धन्दामा लगाएको आरोपमा युगाण्डाकी किशोरी पक्राउ

डिसी नेपाल
१८ फागुन २०७९ १६:५३

काठमाडौं । आफ्नै देशको नागरिकलाई नेपाल बोलाएर यौन धन्दामा संलग्न गराएको आरोपमा अफ्रिकी मुलुक युगाण्डाकी एक किशोरी पक्राउ परेकी छिन् । युगाण्डामा रहेका आफ्नी साथीलाई काठमाडौंमा बोलाई यौनधन्दामा लगाएको आरोपमा युगाण्डाकै अर्की किशोरी पक्राउ पक्राउ परेकी हुन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले दिएको जानकारी अनुसार नताशा भनिने एमाकुलेट नाबासुम्बालाई पक्राउ गरिएको छ । काठमाडौमा आकर्षक रोजगारी पाइने, रेष्टुरेण्टमा वेट्रयर्स,क्लिनर्सको काम गर्दा अमेरिकी डलर ५ देखि ७ सय सम्म बचत गर्न सकिने भन्दै आफ्नै साथीलाई बोलाएर यौन धन्दामा संलग्न गराएकी थिइन ।

ब्यूरोका प्रवक्ता कृष्णप्रसाद पंज्ञेनीका अनुसार काठमाडौमा बोलाउने किशोरी युगाण्डमा पनि यौन व्यवशायमा संलग्न रहेकी थिइन । उनीहरु दुवै युगाण्डामा एक ठाउँका बासिन्दा पनि हुन् । उनका अनुसार नताशको प्रलोभनमा परी पीडित महिला गत जनवरी २८ मा नेपाल आएकी थिइन । नताशा भने २०२२ डिसेम्बर ८ मै आएर ठमेलस्थित होटल जर्नी होम प्रालिमा बस्दै आएकी हुन ।

नेपाल बोलाएर उनले पीडितलाई आफू बस्दै गरेको होटलमा ल्याएर नेपाली तथा भारतीय मूलका व्यक्तिसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेको भन्दै प्रहरीका उजुरी दिएपछि मानवबेचविखन अनुसन्धान व्यूरोले पक्राउ गरेको थियो । ती किशोरीलाई दिनकै ५–७ जनासँग शारिरिक सम्पर्क गर्न लगाउने गरेको आरोप लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *