चिनियाँ राष्ट्रपति सी जिनपिङले दिए चेतावनी, भने- अमेरिकाले चीनलाई रोक्न खोज्दैछ

डिसी नेपाल
२४ फागुन २०७९ १०:४७
76
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो भनाइमा चीनको विकासको कुरा गर्छन् तर अमेरिकाको बारेमा सीधै केही बोल्दैनन् ।

तर, चीनको नेशनल पिपुल्स कंग्रेसका क्रममा आयोजित राजनीतिक सल्लाहकारको समूहको बैठकमा व्यवसायीसँग कुरा गर्दै उनले अमेरिकालाई निशाना बनाए ।

उनले अमेरिकाले चीनलाई घेरा हाल्ने, दबाउन र रोक्ने प्रयास गरिरहेको बताए । यसका कारण चीनसामु धेरै ‘चुनौती’ खडा भएको उनले बताए ।

अर्कोतर्फ चीनका विदेशमन्त्री चिन ग्याङले मंगलबार राष्ट्रपतिको भनाइलाई समर्थन गर्दै चीन र अमेरिकाबीचको तनावपूर्ण सम्बन्धका लागि अमेरिकालाई जिम्मेवार ठहर्याएका छन् ।

उनले भने, “यदि अमेरिकाले आफ्नो गतिविधिमा ब्रेक लगाएन र गलत बाटोमा जान रोकेन भने जतिसुकै सुरक्षा कायम गरे पनि रेल पटरीबाट खस्ने निश्चित छ र त्यसले द्वन्द्व निम्त्याउन सक्छ। यदि यस्तो भयो भने यसको परिणाम भयावह होला ।”

उनले भने, “यो दुबै पक्षको हित र सम्पूर्ण मानवजातिको भविष्यसँग जोडिएको लापरवाह खेल हो। चीन हरेक हिसाबले यसको विरुद्धमा रहेको सामान्य कुरा हो।”

चिङ ग्याङले ताइवान मुद्दाको उल्लेख गर्दै यो रातो रेखा हो जसलाई पार गर्न नपाइने बताए।

चिन ग्याङले भने, “ताइवानको प्रश्न चीनको मुख्य हितसँग सम्बन्धित छ, यो चीन-अमेरिका राजनीतिक सम्बन्धको केन्द्रबिन्दु हो र यो दुईबीचको सम्बन्धमा रहेको रातो रेखा हो जुन पार गर्नु हुँदैन।”

“ताइवान मुद्दामा प्रश्न उठाउने जिम्मेवारी पूर्ण रूपमा अमेरिकाको हो। हामी अमेरिकाको ताइवान मुद्दाको बारेमा कुरा गरिरहेका छौं ताकि हामी यसलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भन्न सकौं।”

अमेरिकाका धेरै ठाउँमा उच्च उचाइमा चिनियाँ बेलुन उडेको देखिएपछि अमेरिका र चीनबीचको सम्बन्ध चिसिएको छ । अमेरिकाले आफूसँग जासुसी गर्ने उपकरण रहेको भन्दै चिनियाँ बेलुन खसालेको थियो ।

तर चीनले भनेको छ कि यो मौसम सम्बन्धी जानकारी संकलन गर्ने बेलुन हो जुन अमेरिकी क्षेत्रमा छिरेको थियो, तर अमेरिकाले अति प्रतिक्रिया देखायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *