यमनमा डुँगा दुर्घटना हुँदा २१ जनाको मृत्यु
साना। यमनमा भएको डुँगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ। मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो।
यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना भएको हो। उक्त डुँगामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ।
उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुँगा डुबेको बताइएको छ। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ।आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुँगा डुबेको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए।
डुँगा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जिवीतै उद्धार गरेर अस्पताल पुर्याइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment