पाकिस्तानमा होलीको पूर्वसन्ध्यामा हिन्दु डाक्टरको हत्या

डिसी नेपाल
२४ फागुन २०७९ १३:३९
200
Shares

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा होलीको पूर्वसन्ध्यामा एक हिन्दू डाक्टरको हत्याको घटना बाहिर आएको छ । डाक्टरको आफ्नै चालकले हत्या गरेको दाबी गरिएको छ ।

डन न्युजले एसएसपी अमजद शेखलाई उद्धृत गर्दै जनाए अनुसार डाक्टर धरमदेव राठीको आफ्नै ड्राइभर हनिफ लेघारीले हत्या गरी त्यहाँबाट भागेको बताइएको छ । पाकिस्तानको गैर मुस्लिम क्षेत्रका सांसद ख्याल दास कोहिस्तानीले पनि यो हत्याको निन्दा गरेका छन् ।

उनले ट्वीट गरे, “होलीको पूर्वसन्ध्यामा प्रसिद्ध हिन्दू डाक्टर धर्मदेव राठीको क्रूर हत्याको म भर्त्सना गर्दछु। एसएसपी अमजद शेखले राठीका चालकले उनको हत्या गरेको पुष्टि गरेका छन्। आरोपीलाई पक्राउ गर्न प्रहरीले छापा मारेको छ।”

अर्कोतर्फ, डा राठीका भान्छे दिलीप ठाकुरलाई उद्धृत गर्दै डन न्यूजले घटनाअघि डाक्टर र चालकबीच झगडा भएको बताएको छ । चालक लेघारी खैरपुर मिर्सका बासिन्दा भएको र हिन्दु डाक्टरको निर्ममतापूर्वक हत्या गरी फरार रहेको कुकले प्रहरीलाई बताए ।

यद्यपी हत्याको कारण भने खुल्न सकेको छैन । एसएसपीका अनुसार दुर्घटनाबाट कुक स्तब्ध भएको र उनलाई अस्पताल लगिएको छ ।स्वास्थ्य विभागबाट अवकाश पाएका डा.राठीको परिवार अमेरिकामा बस्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *