विश्वकै सबैभन्दा वृद्ध महिलाको १२८ वर्षको उमेरमा निधन

डिसी नेपाल
२४ फागुन २०७९ १६:०८
12
Shares

काठमाडौं । विश्वकै सबैभन्दा वृद्ध महिलाको निधन भएको छ । दक्षिण अफ्रिकामा बस्ने जोहाना माजिबुको १२८ वर्षकी थिइन् । उनी १८९४ मा जन्मिएकी थिइन् । उनी यसै वर्ष मे महिनामा १२९ वर्षकी हुँदै थिइन् । जोहानाका आफन्तका अनुसार उनको ३ मार्चमा मृत्यु भएको थियो ।

२०२२ मा न्युज २४ सँगको कुराकानीमा उनले भनेकी थिइन्– ‘म अझै किन जिउँदै छु ? मेरा साथीहरू मरेका छन्। म कहिले मर्छु ? अझै जिउनुको अर्थ के हो ? एकै ठाउँमा बस्दा थाकेकी छु ।’ जोहन्नाका नजिकका साथीहरू आफूसँग जोहन्नाको परिचयपत्र रहेको र त्यसैको आधारमा जोहानाको नाम गिनिज बुक अफ रेकर्डमा दर्ता हुनुपर्ने बताउँछन् ताकि उनी सम्मानित हुन सकून् ।

जोहन्नाले आफ्नो शरिर कडा हुन थालेको र हिँडडुल गर्न पनि गाह्रो भएको बताएकी थिइन् । उनले भनेकी थिइन्- जब म मान्छेहरु हिडिरहेको देख्छु, मलाई पनि लाग्छ कि म पनि उनीहरु जस्तै हिँड्न पाए हुन्थ्यो । मसँग एक हेरचाहकर्ता छ जो मसँग २००१ देखि छ। उनी मेरो लागि यति खास भइन् कि उनी नजिक नभएसम्म म सुत्न पनि सक्दिन।

जोहानाका १२ भाइबहिनी थिए। तीमध्ये ३ जना अझै जीवित छन् । उनको विवाह स्टवना माजिबुकोसँग भएको थियो। दुवैका ७ सन्तान छन् । उनका ५० भन्दा बढी नातिनातिनाहरू, पनातीपनातिनाहरू र खनातिखनातिनाहरू छन्।

जोहानाले कहिल्यै अध्ययन गरिनन्। खेतबारीमा काम गर्थिन् । २०२२ मा उनले भनेकी थिइन्– म मेरो बाल्यकाल सम्झन्छु । त्यतिबेला कुनै समस्या थिएन । खाना पनि स्वस्थ थियो। मिसावट थिएन ।

१२८ वर्षकी जोहाना माजिबुको १८ औं शताब्दीमा जन्मिएकी थिइन् । उनले १९१४ मा पहिलो विश्वयुद्ध, १९३९ मा दोस्रो विश्वयुद्ध देखिन् । उनले स्पेनिस फ्लुदेखि लिएर कोरोना महामारीको सामना गर्नु परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *