रूसबाट युरोप जाने ग्यास पाइपलाइन विष्फोटमा युक्रेन समर्थित समूहको हात !

डिसी नेपाल
२४ फागुन २०७९ १६:५२
124
Shares

काठमाडौं । २६ सेप्टेम्बर २०२२ मा बाल्टिक सागरमा रहेको नर्ड स्ट्रिम अन्डरवाटर ग्यास पाइपलाइन विस्फोट भएको थियो। अब न्युयोर्क टाइम्सको रिपोर्टले युक्रेन समर्थित समूह यसको पछाडि संलग्न रहेको बताएको छ। तर युक्रेनी सरकारको संलग्नताको कुनै प्रमाण फेला परेको छैन। रुसले यो पाइपलाइनमार्फत जर्मनीलाई सस्तो मूल्यमा ग्यास आपूर्ति गर्दथ्यो ।

न्युयोर्क टाइम्समा एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनिएको छ– पाइपलाइन विस्फोटमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की वा उनका कुनै सहयोगी संलग्न थिए भन्ने कुनै प्रमाण फेला परेको छैन । उनीहरूले युक्रेनी अधिकारीहरूको निर्देशनमा काम गरेको कुनै प्रमाण पनि छैन। सोही क्रममा जेलेन्स्कीका राजनीतिक सल्लाहकारले भने– ‘यसमा युक्रेनको कुनै हात थिएन भन्ने हामी कुनै शंका नगरी भन्न सक्छौँ ।

नेटो देशहरूले नर्ड स्ट्रिम पाइपलाइनलाई खतराको रूपमा हेर्छन्। यो जर्मनीको लागि वरदान जस्तै थियो। यसमार्फत जर्मनीलाई रुसबाट सस्तो मूल्यमा ग्यास उपलब्ध गराउँदै आएको थियो । तर, विष्फोटको आरोप रूसमाथि लगाइएको थियो ।

नर्ड स्ट्रिम अन्डरवाटर ग्यास पाइपलाइनमा विस्फोटको आरोप अमेरिकामाथि पनि लगाइएको थियो जसको अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) देशहरूले निन्दा गरेका थिए। रुसले पश्चिमी देशलाई दोष लगाएर कारबाही गर्न माग गरेको छ । यसै क्रममा अमेरिकी पत्रकार सेमोर हर्शले पनि अमेरिकी राष्ट्रपति बाइडेनको आदेशमा पाइपलाइन गोप्य रूपमा उडाएको दाबी गरेका छन् । तर, कुनै प्रमाण दिइएको छैन ।

पत्रकार सेमोर हर्सले रिपोर्ट गरे कि पानीमुनि ग्यास पाइपलाइनहरूमा बम विष्फोट नर्वेबाट सीआईएले गोप्य अपरेशनको भागको रूपमा गराएको थियो। त्यसपछि गहिरो समुद्रमा, अमेरिकी गोताखोरहरूले ती पाइपलाइनहरू वरपर ल्यान्डमाइन बिछ्याएर विस्फोट गरे। यी दावीहरूलाई ह्वाइट हाउसले अस्वीकार गरेको थियो। ह्वाइट हाउसकी प्रवक्ता एन्ड्रिया बेस्टरले उक्त रिपोर्टलाई गलत भनेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *