पाकिस्तानमा क्रिकेटर मोहम्मद हफिजको घरमा चोरी
काठमाडौं । लाहोरको डिफेन्स हाउसिङ अथोरिटीमा रहेको क्रिकेटर मोहम्मद हफिजको घरमा चोरी भएको छ । उनको घरबाट चोरहरूले नगद, विदेशी मुद्रालगायत बहुमूल्य सामग्री चोरी गरेका छन् ।
मोहम्मद हफिजका काका शाहिद इकबालको उजुरीमा प्रहरीले चोरीको मुद्दा दर्ता गरेको छ । दर्ता गरिएको एफआईआर अनुसार चोरहरू पर्खाल नाघेर घर भित्र पसे। त्यतिबेला यो घर बन्द थियो र परिवारका सदस्य इस्लामाबादमा थिए।
चोरहरूले घरबाट विदेशी मुद्रा र अन्य बहुमूल्य सामानहरू पनि लगेको इकबालले एफआइआरमा दर्ता गराएका छन् । यस घटनाको सीसीटीभी फुटेज उपलब्ध भएको बताइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment