घाइते अमिताभ बच्चन होली खेल्न नसकेपछि…
काठमाडौं । हर्षोल्लासका साथ होली मनाउन नपाएकोमा निराशा व्यक्त गर्दै अमिताभ बच्चनले आफ्नो ब्लगमा लेखेका छन् कि यसपटक उनले पहिले जस्तो होली मनाउन सकेनन् । सबै किसिमका शारीरिक क्रियाकलापमा प्रतिबन्धका कारण होली पर्वमा सहभागी हुन नपाएको उनले लेखेका छन् ।
केही दिन अगाडि फिल्म ‘प्रोजेक्ट के’ को सुटिङका क्रममा हैदरावादमा अमिताभ बच्चन घाइते भएका थिए । हाल उनी निको भैरहेका छन् र यसै क्रममा उनले आफ्नो ब्लगमा यो रङले भिजेको पर्वमा सहभागी हुन नपाएकोमा निराशा व्यक्त गरेका छन् ।
यस क्रममा उनले आफ्नो पुरानो होली पार्टीहरू सम्झँदै लेखे कि समय कहिल्यै फर्केर आउँदैन। चोटपछि हैदरावादबाट मुम्बई आउनुअघि अमिताभ बच्चनले डाक्टरले हैदरावादको अस्पतालमा आराम गर्न सल्लाह दिएको बताएका थिए । यस अस्पतालमा अमिताभको सीटी स्क्यान गरिएको थियो ।
आफ्नो ब्लगमा अमिताभ बच्चनले आफ्नो स्वास्थ्यबारे सोधिएको प्रश्नको जवाफमा लेखेका छन्, “म बिस्तारै निको हुँदैछु। निको हुन केही समय लाग्नेछ। डाक्टरहरूले जे सुझाव दिएका छन्, त्यसलाई पूर्ण रूपमा र लगनशीलताका साथ पालना गरिँदैछ।”
उनले लेखेका छन्, ‘सबै काम बन्द छन्, अवस्था सुधार भएपछि र चिकित्सकले आश्वासन दिएपछि मात्रै सुरु हुन्छ ।’







डिसी नेपाल







Facebook Comment