क्यालेण्डरमा हाँसको फोटो राख्नु राजाको अपमान ठहर, २ वर्षको जेल सजाय
काठमाडौं । थाइल्याण्डमा राजतन्त्रमाथि अभद्र टिप्पणी गरेको अभियोगमा एक व्यक्तिलाई दुई वर्षको जेल सजाय सुनाइएको छ ।
यी युवकले एउटा क्यालेन्डर बेच्दै थिए जसमा शाही पोशाक लगाएको हाँसको तस्वीर थियो।
यो व्यक्तिले देशको राजपरिवारको अपमान गरेको अभियोजनकर्ताहरुले बताएका छन् ।
थाइल्याण्डका राजाको अपमान गरेको अभियोगमा २६ वर्षीय नाराथोर्न चोटमान्कोङ्सिन दोषी ठहर भएका छन् ।
सन् २०२० देखि थाइल्याण्डमा ले म्याजेस्टेस (राजतन्त्रको सम्मानसँग सम्बन्धित कानून) अन्तर्गत २ सय जनालाई पक्राउ गरिएको छ ।
थाइल्याण्डमा प्रजातन्त्र समर्थक प्रदर्शनको प्रतीक रबरको हाँस हो। थाइल्याण्डका कार्यकर्ताहरूले लोकतन्त्रको माग गर्दै प्रदर्शनका क्रममा यो प्रतीक प्रयोग गर्दै आएका छन्।
सन् २०२० मा नरथोर्नले लोकतन्त्र समर्थक फेसबुक पेजमा यी क्यालेन्डरहरू बेचिरहेका थिए। उनी सन् २०२० को डिसेम्बरमा पक्राउ परेका थिए ।
यस क्यालेन्डरमा विवादास्पद टिप्पणी पनि भएको थियो।
मंगलबार थाइल्याण्डको एक अदालतले उनलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । पछि यसलाई दुई वर्षमा परिवर्तन गरियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment