इरानमा छात्राहरूलाई पोर्न भिडियो देखाइँदै !
काठमाडौं । इरानका कलेज र विश्वविद्यालयमा छात्रालाई स्लो पोइजनिङको घटना अझै शान्त भएको छैन । यसैबीच त्यहाँका विद्यालयका छात्राहरूलाई अश्लील भिडियो हेर्न बाध्य पारेर धम्की दिइने गरेको एक रिपोर्टले दाबी गरेको छ । यी विद्यार्थीहरुलाई सरकार विरोधी आन्दोलनमा सहभागी भए बलात्कृत हुने बताइएको छ ।
कतिपय अभिभावकले यसबारे गुनासो पनि गरेका छन् । तर, इरान सरकार यस विषयमा केही बोल्न तयार छैन । इरानको हिजाब विरोधी आन्दोलनमा हजारौं विद्यालयका छात्राहरु सहभागी भइरहेका छन् । उनीहरुलाई विभिन्न तरिकाले यातना दिइन्छ ।
साउदी अरेबियाको न्यूज वेबसाइट ‘अल अरेबिया’ले बेलायतस्थित न्यूज वेबसाइट ‘इरान वायर’लाई उद्धृत गर्दै छात्राहरुलाई पोर्न देखाएको जानकारी दिएको छ । यो रिपोर्टमा इरानको सुरक्षा बलले यो जघन्य कार्य गरिरहेको बताइएको छ ।
यसका लागि कक्षाहरूमा अनिवार्य सत्रहरू गरिँदै आएको प्रतिवेदनमा उल्लेख छ । अर्थात् यसमा छात्राहरु आउन जरुरी छ । सुरक्षा बलहरूले छात्राहरूलाई सरकार विरोधी प्रदर्शनमा भाग लिएमा गम्भीर परिणाम भोग्ने धम्की दिइरहेका छन्। राजधानी तेहरानको जिल्ला ४ र ५ का विद्यालयमा यस्तो कारबाही गरिएको हो ।
रिपोर्टमा यी अश्लील भिडियोहरू बन्दर महशरको शाहिद रिहाने अल नबी स्कूलमा देखाइएको दाबी गरिएको छ। यही विद्यालयमा अक्टोबरमा पहिलो पटक सरकार विरोधी नारा लगाइएको थियो । रिपोर्टमा कतिपय यस्ता कुराहरू छन् जुन यहाँ लेख्न पनि सकिँदैन ।
इरान वायरका अनुसार इरानको सेना (इस्लामिक रिभोलुसनरी गार्ड्स कोर वा आईआरजीसी) र यसको अर्धसैनिक शाखा बसिज यस कार्यमा संलग्न छन्। उनीहरुको टोली बालिका विद्यालयमा गएर त्यहाँ अनिवार्य सत्रमा छात्राहरुलाई यस्ता घृणित भिडियो देखाउँछन् । पछि धम्की दिइन्छ ।
तेहरानका तीन उच्च विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूले यो कार्यको पुष्टि गरेका छन्। उनीहरूले सेना र अर्धसैनिकका मान्छे सादा पोशाकमा विद्यालय पुग्ने बताए । पत्रकार तथा शिक्षाविद् नेजात बाहरेमीले पनि उक्त रिपोर्ट सही भएको पुष्टि गरेका छन् ।
केही अभिभावकहरूले तेहरानको एक विद्यालयका प्रधानाध्यापक र शिक्षाको सामान्य विभागका अधिकारीहरूलाई पनि गुनासो गरे। यस्ता गतिविधि नरोकिए छोरीहरुलाई विद्यालयबाट निकाल्ने उनीहरुले बताएका छन् । उल्टो, प्रशासनले यी अभिभावकहरूलाई धम्की दियो।







डिसी नेपाल







Facebook Comment