शत्रुबाट मित्र बनेका साउदी अरेबिया र इरानबीच भएको सम्झौताबारे युएईले के भन्यो ?
काठमाडौं । मध्यपूर्व क्षेत्रमा पुरानो शत्रुबाट मित्र बनेका साउदी अरब र इरानबीच भएको सम्झौताको संयुक्त अरब इमिरेट्सले स्वागत गरेको छ ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायदले साउदी–इरान सम्झौतालाई खाडी क्षेत्रमा स्थायित्व र समृद्धिको दिशामा महत्वपूर्ण कदम भएको बताएका छन् ।
साउदी अरेबिया र इरानले सात वर्षपछि शुक्रबार कूटनीतिक सम्बन्ध पुनः सुरु गरेको घोषणा गरेका छन् ।
उनीहरूले पारस्परिक सहयोगका अन्य सम्झौतालाई पनि कार्यान्वयन गर्ने र दुई देशबीचको सम्बन्धलाई कसरी थप प्रगाढ बनाउने भन्ने विषयमा छलफल हुने बताए ।
चीनमा भएको वार्तापछि दुवै देशले यस्तो घोषणा गरेका हुन् । दुवै पक्षले यस प्रक्रियामा चीनको योगदानको पनि प्रशंसा गरेका छन्।
सन् २०१६ मा तेहरानस्थित साउदी दूतावासमा भएको आक्रमणपछि साउदी अरेबिया र इरानबीच कुनै औपचारिक सम्बन्ध छैन।
तेहरानस्थित साउदी दूतावासमा यो हमला साउदी अरबमा एक शिया धर्मगुरुलाई मृत्युदण्डको सजायको विरोधमा भएको हो।
साउदी अरेबिया परम्परागत रूपमा अमेरिकासँग नजिक रहेको छ, जसको इरान र चीनसँग राम्रो सम्बन्ध छैन।
यमनको गृहयुद्धमा साउदी अरेबिया र इरानले विभिन्न पक्षलाई समर्थन गरेका थिए।







डिसी नेपाल







Facebook Comment